सेफ्टी ट्याङकीमा खसेर कैलालीमा एकजनाको मृत्यु

माेटरसाइकल

भावना पौडेल, डडेल्धुरा। कैलालीमा सेफ्टी ट्याङकीमा खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका –८ हसुलियामा बुधबार साँझ ५२ वर्षीय टीकाबहादुर थापाको गोबर ग्यासको सेफ्टी ट्याकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।