दाहल–नेपाल नेतृत्वमा नयाँ सरकार बन्नु गोरु व्याएर बिगौती खानु जस्तै होः सूर्य थापा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–माधव पक्ष नेकपाका अध्यक्षद्धयको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर रहेको जानकारी दिएका छन्।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालको नेतृत्वमा सरकार बन्ने असम्भव भएको टिप्पणी गरेका हुन्। उनले दाहाल नेपालमाथि गोरु व्याएर बिगौती खान खोजेजस्तो मात्र भनी कटाक्ष समेत गरेका छन्।