काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा पर्याप्त स्वास्थ्य उपकरण नभएकोप्रति चिन्त व्यक्त गरेका छन्। नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचाररत डा. भट्टराईले बिहीबार ट्वीटमार्फत चिन्ता व्यक्त गरेका हुन्।
उपकरणर सुविधाको पर्याप्त व्यवस्था देशमा किन गर्न सकेनौं भन्ने मनमा घोचिरहेको उनले जानकारी दिएका छन्।
दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो!केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन?भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै?नमरी स्वर्ग नदेखिने नै हो? pic.twitter.com/IC3zXCnilV
— Baburam Bhattarai (@brb1954) February 25, 2021