भागरथी घटनाः बढुवा भएका प्रहरीलाई दज्र्यानी चिह्न

कैलाली। बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका कारण बढुवा भएका दुई प्रहरीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दीपायलका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षकमा र ईलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा पदोन्नति गरेको जनाइएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुवै जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।