भृकुटीमण्डपमा टिभिएस ग्रान्ड एक्सचेन्ज मेला

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बिहीवार देखि टिभिएस ग्रान्ड एक्सचेन्ज मेला सुरु भएको छ। कम्पनिका अनुसार नेपालका लागि टिभिएस ब्राण्डको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि सुरु गरेको सो मेला पाँच दिन सम्म सञ्चालन हुने छ।

मेलामा १७ प्रकारका मोटर बाइक तथा दश प्रकारका स्कुटर रहेका जनाइएको छ। सो मेलामा टिभिएस ब्राण्डका विभिन्न मोडलका मोटर साईकल तथा स्कुटर आकर्षक छुटका साथ खरीद तथा सट्टापट्टा गर्न सकिनेछ।

मेलामा टिभिएसको ब्रान्डका ११० सीसी देखि ३१० सीसीसम्मका बाइक र ११० सीसी देखि १२५ सीसीसम्म इन्जिन क्षमता भएका स्कुटर उपलब्ध छन्। मेलामा न्यूनतम १ लाख ८७ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको मोटरबाइक तथा १ लाख ७९ हजार रुपैयाँदेखि २ लाख ७८ हजार रुपैयाँसम्मको स्कुटर उपलब्ध छन्।

मेलामा जुनसुकै ब्राण्डका पुराना बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा बजारमूल्यभन्दा थप १५ हजार रुपैयाँ र नयाँ खरीदमा १२ हजार रुपैयाँसम्म छुट दिने व्यवस्था रहेको बताइएको छ । बाइक किन्ने ग्राहकले फुल हेल्मेट र स्कुटर किन्दा हाफ हेल्मेट निशुल्क उपलब्ध गराएको छ।