देशभर थप ११२ जनामा कोरोना संक्रमण

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७३ हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभर ८४ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर ८८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

यसैगरी आज ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर २ हजार ७६७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।