काठमाडौं। राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियारलाई बुधवार प्रहरी पक्राउ गरेको छ। सिरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको जनाइएको छ।
५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको हो। उनले आर्थिक वर्ष २०७४ र ७५ र २०७५ र ७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।