युरोपा लिगमा राति १६ खेल हुँदै

काठमाडौं। युरोपा लिग फुटबल अन्तर्गत बिहीवार १६ खेल हुँदैछन। अन्तिम ३२ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले बेन्फिकासँग खेल्दैछ। आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्न लागेको हो।

आर्सनल र बेन्फिकाबीचको खेल राति ११ः४० बजे सुरु हुने जनाइएको छ। दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छन्। यस्तै बिहीबार राति नै हुने अर्को खेलमा म्यानचेस्टर युनाइटेड र सोसिडाड भिड्ने छन्। लेष्टर सिटीले स्लाभियासँग भिड्दा रोमाले ब्रागासँग प्रतिस्पर्धा गर्नेछ।

राति नै एसी मिलानले एफके क्रभेना तथा नापोलीले ग्रानडासँग भिड्दैछ।