प्रधानमन्त्री ओली शीतलनिवास पुगे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्। स्रोतका अनुसार उनी केहीबेरअघि शीतलनिवास पुगेका हुन्। प्रधानमन्त्री ओली सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि पहिलोपल्ट राष्ट्रपति निवास पुगेका हुन्।

सर्वोच्चको फैसला अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधि सभाको बैठक बोलाइसक्नु पर्ने जनाइएको छ।