कांग्रेस नेता जोशीलाई मस्तिष्कघात,अवस्था गम्भीर !

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नविन्द्राज जाेशीलाई मस्तिष्कघात भएको छ।

बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो।

शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुर्याइएको छ। अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि सहयोगी पाण्डेले बताए।

अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने