काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मुल्य ५०० रुपैंयाले घटेको हो।
बिहीबार प्रतितोला ८९ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज (शुक्रबार) तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ८८ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
तेजावी सुनको मुल्य ८८ हजार ३५० रुपैंयामा कारोबार हुने भएको छ।
यस्तै, चाँदीको मुल्यमा पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।