महिला लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ। संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँड भएको हो।

माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट गरिएको आईपीओ ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका छन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरू रित्तै फर्किएका छन्।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ।

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको थियो।