पाल्पामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

पाल्पा। पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रामपुर नगरपालिका – ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं। को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक जिल्ला पाल्पा रामपुर  ६ बिजयपुर बस्ने बर्ष ३० को सन्जु आलेको मृत्यु भएको हो।

उनलाई घाईते उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा डाक्टरद्वारा मृत घोषण गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए।