आमाको हत्या गर्ने छोरा पक्राउ

सामूहिक

अछाम। अछाममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका हुन्।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु