सहायक प्रधानाध्यापक आफ्नै घरको आँगनमा मृत भेटिए

माेटरसाइकल

दाङ। दाङको घोराही उपमहानगरपालिकाका एक शिक्षक आफ्नै घरको आँगनमै मृत अवस्थामा फेला परेका छन्। लमडरुवा माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका घोराही उपमहानगर–१० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डीएसपी) मुकुन्दप्रसाद रिजालले शिक्षक घिमिरे मृत भेटिएको जानकारी दिए। उनले शवको प्रकृति हेर्दा शौचलाय जाने क्रममा घिमिरेको घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताएका छन्। बच्चासहित श्रीमती माइत गएका कारण बिहीबार राति घिमिरे घरमा एक्लै रहेको र उनले मदिरासमेत सेवन गरेको खुल्न आएको जनाइएको छ।

घिमिरेको शव गाला धस्सिएको र नाक, मुखबाट रगत आएको अवस्थामा फेला परेको र शरीरका अन्य भागमा भने कुनै चोटपटक नदेखिएको डीएसपी रिजालले बताए।

अन्य सम्बन्धित समाचार:  सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी