मुखमा रक्सीको बोतल कोचेर एकल महिलामाथि सामुहिक बलात्कार

झापा। झापामा एकल महिलामाथि सामुहिक बलात्कार भएको छ। जिल्लाको कनकाई नगरपालिका–३ सुरुङ्गा टप्पु क्षेत्रमा ३१ वर्षिया सिता (नाम परिवर्तित) महिलालाई कनकाई नगरपालिका–४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर घाईते बनाएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाका अनुसा सिताको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलत्कार गरेको हो। उनीहरुले बलत्कार मात्रै नभई टोक्ने र हिर्काउदा महिला घाइते भएकी छिन्। महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए।

बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ। ती महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको जनाइएको छ।