गाईको मासुसहित ३ जना पक्राउ

सामूहिक

बाँके। गाई काटेको अभियोगमा ३ जना पक्राउ परेका छन्। गाई काटेको अभियोगमा नरैनापुर गाउँपालिका–१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको जनाइएको छ। प्रहरीका अनुसार सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।