कमिलाको अन्तिम प्वाँख पलाएकै हो?: रामकुमारी झाँक्री

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यनजर गर्दै कमिलाको अन्तिम प्वाँख पलाएको टिप्पणी गरेकी छन्।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै झाँक्रीले भनेकी छन्, कमिलाको अन्तिम प्वाँख पलाएकै हो। आजै प्रधानमन्त्री ओलीले नेकपाको संसदीय दलका प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरी खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई नियुक्त गरेका थिए। झाँक्रीले यही विषयलाई इंगित गर्दै कमिलाको प्वाँख पलाएको टिप्पणी गरेकी हुन्।