नेपाली रेस्लर डेविडले चीनमा रेस्लिङ खेल्ने

काठमाडौं। चीनमा हुने अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लर डेविड महर्जन छनोट भएका छन्।

उनी अगामी वर्ष नेपाल–चीन मैत्रीपूर्ण तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले गरिन लागेको कार्यक्रम ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ अन्तर्गत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ रेस्लिङ संघले जनाएको छ।