विद्यालयबाटै ३ सयभन्दा बढी बालबालिका अपहरण

काठमाडौं। नाइजेरियाको जाम्फ्रामा सयौं स्कुले विद्यार्थीहरुको अपहरण भएको आशंका गरिएको छ। आज आतंककारीहरुको एक समुहले उक्त ठाउको स्थानीय समय अनुसार रातको करिब १ बजे ३ सय छात्राहरुलाई अपहरण गरेका हुन्।

जन्गेबे इलाकाको एक विद्यालयमा मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरुले हमला गरेका जनाइएको छ। उनीहरुले सरकारी सुरक्षाकर्मी झै देखिने पोशाक लगाएका थिए। आंक्रमण गरेपछि उनीहरुले छात्राहरुलाई जवर्जस्ती गाडीमा हालेका हुन्। ती विद्यार्थीका आमाबुबा आफ्ना बच्चा खोजि गर्न थालेका छन्। एक शिक्षकका अनुसार विद्यालयमा कूल ४२१ विद्यार्थी रहेका थिए भने ५५ जना सुरक्षित रहेका छन्।

सरकारका प्रवक्ताले पनि यो हमलाको पुष्टि गरेका छन् तर धेरै जानकारी दिएका छैनन्। पछिल्ला हप्तामा अपहरणको घटना भइरहेपनि यो सवैभन्दा ठूलो हो।