मध्यपुरको बी डिभिजन लिगमा पहिलो जित

काठमाडौं। मध्यपुर युथ एसोसियसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कमप्लेक्समा टुसाल युवा क्लबलाई २–० ले पराजित गरेको हो। खेलको २३ औं मिनेटमा धीरज श्रेष्ठले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए।

मध्यपुरले पहिलो र दोस्रो हाफमा समान १–१ गोल र्गयो । ६० औं मिनेटमा कैलाश लामिछानेले गोल गरेपछि मध्यपुरले २–० को जित दर्ता गरेको हो। उक्त जितसँगै मध्यपुरले ७ खेलबाट ४ अंक जोड्दा पराजित भएको टुसालले समान खेलबाट ८ अंक जोडेको छ।

लिग अन्तर्गत आज नै भएको पहिलो खेलमा सातदोबाटो युवा क्लबले खुमलटार युवा क्लबमाथि ३–२ को जित हात र्पयो। सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले समान १–१ गोल गर्दा खुमलटारका लागि सविन केसी र आदिल हमिदले पनि १–१ गोल फर्काए।

जितसँगै ७ खेलबाट १९ अंकका साथ सातदोबाटो लिगको शीर्ष स्थानमा कायम रहँदा पराजित खुमलटार समान खेलबाट १६ अंक जोड्दै दोस्रो स्थानमा छ।