बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवलायले जनाएका छन्।

उक्त बैठकले संसद् अधिवेशन आह्वान गर्न सक्ने स्रोतले जनाएको छ। सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गरेर १३ दिनभित्र संसद् बोलाउन भनेको थियो।