‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँन्न’: पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने दाबि गरेका छन्। अनेरास्ववियूले शुक्रबार राजधानीमा आयोजना गरेको भेलामा बोल्दै उनले ‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने’ बताएका हुन्।

प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणासमेत उनले राखे। उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चुनौतिसमेत दिए। ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्नेसमेत उनले उल्लेख गरे।