गृह मन्त्रालयले गर्यो ५२ जना सीडीओको सरूवा (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ। आजको गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ। कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का सुरेश न्यौपानेलाई सिन्धुली सरुवा गरिएको छ। गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा सिन्धुपाल्चोकबाट उमेशकुमार ढकाललाई प्रजिअ सुनसरीमा पठाइएको छ भने सुनसरीका प्रजिअ फिणिन्द्रमणि पोखरेललाई सप्तरी पठाइएको छ।

सूचि