बि डिभिजन लिगमा सातदोवाटो र मध्यपुरको जित

काठमाडौं। सहिद स्मारक बि डिभिजन लिग फुटबलमा आज भएका दुइ लेलमा सातदोवाटो युथ क्लव र मध्यपुर युथ एसोसिएशनले जित हात पारेका छन्।

आज भएको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जित निकालेको हो।सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे।

खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए ।खेलको ११ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ।

सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ। खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ। खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ।

यस्तै आजै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई दुई–शून्यले हराएको छ।

एन्फा मैदान ललितपुरको सातदोबाटोमा भएको दोस्रो खेलमा टुसाललाई हराएको मध्यपुरले पहिलो जित निकालेको हो। मध्यपुरका धिरज श्रेष्ठ र कैलाश लामिछानेले एकरएक गोल गरे।

जितसँगै मध्यपुरले सात खेलमा चार अङ्क जोडेको छ। टुसाल आठ अङ्कका साथ सातौँ स्थानमा छ।