कीर्तिपुरमा दुर्घटना गराइ फरार चालक कलंकीबाट पक्राउ

काठमाडौं। काठमाडौंको कितीपुरमा शुक्रबार राति साढे नौ बजेतिर भएको एक दुर्घटनाका कार चालक पक्राउ परेका छन्।

नयाँ बजारमा बा १६ च १३३४ नम्बरको कारले एउटा भ्यान र केही स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो।

घटनापछि कारका चालक फरार भएका थिए।

प्रहरीका अनुसार अब उनलाई कलंकीबाट पक्राउ गरिएको छ। यो दुर्घटनामा भ्यानका चालक घाइते भएका छन्।