पहाडी भेगको मौसममा आंशिकदेखि सामान्य बदली

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जनाएको छ। मौसमि वुलेटीन जारी गर्दै महाशाखाले आज देशभरको मौसम सफा रहने जनाएको हो।

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का कुहिरो र हुस्सु लागेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।