काठमाडौं। भारतमा कारोना भाइरसको नयाँ स्ट्रेन १८ राज्यमा फैलिइसकेको छ। जसमा महाराष्ट्र, केरल, तेलंगाना, आन्ध्र प्रदेश, असम, पश्चिम बंगाल, तमिलनाडु, पंजाब लगायत रहेका छन्।
यो कोरोनाको स्ट्रेन बेलायत, दक्षिण अफ्रिका र ब्रजिलबाट आएको हो। अहिलेसम्म भारतमा १९४ जनामा नयाँ स्ट्रेन देखिएको छ।
नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १९४ मध्ये १८७ जनामा बेलायतको भेरियन्टसँग मिलेको छ। ६ जना दक्षिणी अफ्रिका र ब्रजिलका १ जनाको स्ट्रेन मिलेको छ।
पछिल्लो समय भारतमा कोरोनाका संक्रमित बढेका छन्। शुक्रबार मात्रै १६ हजार १९ जना संक्रमित थपिँदा १२ हजार ३६१ कोरोनामुक्त भएका छन्। १०९ जनाको ज्यान गएको छ।