साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या

साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको पाईएको छ।

अमेरिकी गुप्तचर विभागले सार्वजनिक गरेको रिपोर्टमा साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्गीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ। तर साउदीका युवराज मोहम्मदले भने खशोग्जीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन्।

पत्रकार खशोग्गी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका थिए। खशोग्जी केही व्यक्तिगत कागजात लिन दूतावास गएका थिए।

सन् २०१९ मा यूएनका विशेष अधिकारी एग्नेश क्यालमार्डले साउदी सरकारले योजनाबद्ध ढंगले खशोग्जीको हत्या गरेको आरोप लगाएका थिए। तर, साउदीले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको थियो।

पत्रकार खशोग्गी साउदी सरकारको आलोचकको रुपमा रहेका थिए।​ खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको थियो। तर, गएको वर्ष अदालतले निर्णय परिवर्तन गर्दै उनीहरुलाई २० वर्ष कैद गर्ने फैसला गरेको थियो।