कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। काठमाडाैंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, पनिका, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरुमा आज ६ घण्टा बत्ती आपूर्ति बन्द हुने भएको छ।

कीर्तिपुर फिडरअन्तर्गत नाङ्गो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा लाइन काटेर काम गर्न लागिएको हो।

कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।