सहिद स्मारक ‘बी’ डिभिजन लिग: दुई खेल हुँदै

काठमाडौं। उपत्यकामा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ। दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ।

पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ।

यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ। बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ।