कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था स्थिर रहेको छ।

नर्भिक अस्पतालमा उपचाररत उनको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. राजिव झाले जानकारी दिए।

जोशीको शरीरको बायाँ पाटो पूरै पक्षघात भएको छ। दाहिने हातखुट्टा भने आज बिहानदेखि केही चलेको डा. झाले बताए।

आइतबार बिहान सिटिस्क्यान गरेर रिपोर्ट हेरेपछि थप कुरा बताउन सकिने डा. झाको भनाइ छ।