हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु

रसुवा।  रसुवामा हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु भएको छ। नौकुण्ड गाउँपालिकाको गौतमबुद्ध मा वि बाट अभियान सुरु गरिएको हो।

जिल्लाका पाँच वटै गाउँपालिकामा छनौट भएका १९ वटा निम्न माध्यामिक विद्यालय र माध्यामिक विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुमा नमुना परीक्षण गरिने छ।

अभियान अन्तर्गत विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रही ४ सय ८० विद्यार्थीमा नमुना परिक्षण गरिने जुनियर इन्टोमोलोजिस्ट कार्यक्रम सुपरभाइजर दिपक कुमार साहले जानकारी दिए।