बाल विवाह गरेको भन्दै बेहुला र उनका बुवा पक्राउ

पर्सा। पर्साको वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने र गराउने दुई जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन्।

माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज १६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो।

उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ।

बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।