आइपिओ रिजल्ट हेर्न नयाँ वेबसाइट

काठमाडौं। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आइपिओ) को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरि सार्वजनिक गरेको छ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएको थियो।

यो नियम हिजो बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाट नै लागू भएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो।