सुर्खेतमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। सुर्खेतमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कर्णाली राजमार्ग अन्तरगतको वीरेन्द्रनगरको टेम्पुपार्कमा मा बाङगेसिमलबाट एरिचोकतर्फ जाँदै गरेको नम्बर नखुलेको (सेतो कलरको स्कारपियो डबल क्याप) ले ठक्कर दिँदा नामथर वतन नखुलेको बर्ष अन्दाजी ५०९५५ को पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिइ घाईते भएका पुरूषको उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो। मृतकको आफन्तजनहरु सम्पर्कमा कोही पनि नआएको प्रहरीको भनाइ छ।