५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

कपिलवस्तु। आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका जनाइएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलका अनुसार फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो। पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।