चिनको लगानीबाट नेपालमा उत्पादन भएको बिजुली भारतमा प्रतिबन्ध

काठमाडौं। चिनियाँ लगानीबाट नेपालमा उत्पादित बिजुलीलाई आयातमा भारत सरकारले प्रतिबन्ध लगाएको छ। शुक्रबार भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत आयात निर्यात कार्यविधिमा विद्युत सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको जनाइएको छ।

भारतको चीनसँग विद्युत सम्झौता नभएता पनि नियन्त्रण र लगानीबाट उत्पादित बिजुली भारतले आयात प्रतिबन्ध लगाएको छ। नेपालमा चिनियाँ लगानीमा झण्डै आठ सय मेगावाट विभिन्न जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए गर्न लागेको बेला भारतले उक्त प्रतिबन्ध लगाएको हो।

अब चिनियाँ लगानीबाट नेपालमा विद्युत उत्पादन भए नेपालले नै प्रयोग गर्नुपर्ने हुन्छ या चीन या भारतबाहेकको देशले आयात गर्नुपर्ने जनाइएको छ।