राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकि छिन्।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ। सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझ्नुभएको थियो।