विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ

पाैने

सप्तरी। सप्तरीबाट सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना नेता पक्राउ परेका छन्। सप्तरी जिल्लाका जनसत्ता प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल र सप्तरीकै विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण पक्राउ परेका छन्।

विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भुवनेश्वर साहले बताएका छन्। पक्राउ परेकाहरुको साथबाट ४ थान मोवाइल, जनविद्रोह लेखिएको एउटा किताब, वीर मधेशी लेखिएको किताब, युवा संगठन नेपाल साधारण सदस्यता ठेली १ थान, अखिल नेपाल महिला संघ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगसम्बन्धी पत्र र युवा संगठन नेपालको आर्थिक सहयोगसम्बन्धी पत्रसमेत सामग्री बरामद भएको जनाइएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान सुरु गरिएको छ।