प्रहरीले सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने

काठमाडौं। प्रहरी कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरेको छ। यो संगै अब प्रहरीका कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने जनाइएको छ।

प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने ‘आचार संहितासम्बन्धी कार्यादेश, २०७७’ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युब लगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न आग्रह गरेको छ।