बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ

विराटनगर। १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङको उर्लाबारी घर भएकी बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्कीलाई पक्राउ गरेको हो।

कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेको जनाइएको छ। साथै बालिकाको उद्धार पनि गरिएको प्रहरीले जनाएको छ। एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार गरिएकी बालिका मोरङको उर्लाबारी नगरपालिका–५ मा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार मानसिक रुपमा निक्कै विक्षिप्त अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।