मोदीलाई अनुपमको किताब मन पर्यो

काठमाडौं। बलिउड अभिनेता अनुपम खेरले लेखेको किताब ‘योर वेस्ट डे इज टुडे’ पुस्तक पढेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेरै प्रशंसा गरेका छन्।

उक्त किताबमा आमाबाट केटाकेटी बेलैदेखि सिकेका कुराको प्रतिविम्ब त्यसमा झल्कने जनाइएको छ। आमाको त्यही उत्प्रेरणाका कारण असहज अवस्थामा पनि परिवार एकबद्ध भएर अघि बढेको र समस्याको सामना गरेको पाइने बताइएको छ। यही विषय मोदीलाई धेरै मन परेको हो। पत्रमा मोदीले आत्मनिर्भर भारतबारे पनि प्रसङ्ग उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको पत्र पाएर अनुपम भावुक बनेका जनाइएको छ। सामाजिक सञ्जालमा उक्त पत्र सार्वजनिक गर्दै उनले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन्।