एक किशोरले हातखुट्टा बाँधेर एकै गाउँका चार बालिकालाई बालात्कार गरे

बर्दिया। बर्दियामा एक १४ वर्षीय किशोरबाट बाँसगढी नगरपालिकाका चार जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गरिएको घटना एक हप्तापछि सार्वजनिक भएको हो।

विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका पाँच–पाँच वर्षीय दुई ६ र आठ वर्षीया बालिकालाई ति किशोरले बलात्कार गरेको पीडित परिवारले जनाएका छन्।

किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको जनाइएको छ। पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि घटना बाहिरिएको हो। बालिकाका अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

उजुरी पछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाका आफन्तले प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गरेको आरोप लगाएका छन्।