कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत

काठमाडाैं

मकवानपुर। मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ। नगरपालिकाको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख दरले राहत उपलब्ध गराएको हो। कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार रु एक लाख दिने सातौँ नगरसभाले निर्णय गरेको थियो।

थाहा नगरमा कोरोना सङ्क्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन्। ज्यान गमाएका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरे। थाहा नगरमा कोभिड–१९ बाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ को ७६ वर्षीय र १० को ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए।