शहीद स्मारक ’बी’ डिभिजन लिग: बाँसबारी बराबरीमा रोकियो

काठमाडौं। शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन्। मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो।

खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा प्रवेश गर्ने मौका गुमाएको छ। बाँसबारीेले सात खेलमा १५ अङ्क जोडेको छ। श्री कुमारी सात खेलमा सात अङ्क जोड्दै लिगको आठौँ स्थानमा छ।