सेभियामाथि बार्सिलोना विजयी

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित हासिल गरेको छ।

शनिबार राति भएकाे खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा ओसुमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका हुन्। डेम्बेलेले खेलको २९औ मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए भने मेसीले खेलको ८५औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको २५ खेलमा ५३ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिड २४ खेलमा ५२ अंकसहित तेस्रो स्थानमा रहेको छ।