वैज्ञानिकले पत्ता लगाए टिबी रोगको नयाँ औषधि

वैज्ञानिकले ट्युबरकुलोसिस अर्थात् टिबीको औषधि पत्ता लगाएका छन्। बेडाक्युलिन नामको जुन औषधिको मद्दतले ९० प्रतिशत रोगीको उपचार सम्भव भएको उनीहरूले दाबी गरेका छन्।

बेलारुसमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको बताइएको छ।

वैज्ञानिकले टिबीरोगीलाई केही महिनासम्म एन्टिबायोटिकसँगै नयाँ औषधि बेडाक्युलिन दिएका थिए।
१८१ जना टिबी रोगीको उपचार गर्दा १६८ जना पूरै ठीक भएका थिए।

परीक्षणका लागि सो औषधि युरोप, अफ्रिका तथा साउथ एसिया पनि सुरु गरिएको छ।

अनुसन्धान टिमका प्रमुख हेड एलेनाका अनुसार नयाँ औषधि टिबीको उपचारका लागि प्रभावकारी छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि मल्टिड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिसमा ५५ प्रतिशत मात्र उपचार सफल भएको थियो ।