उर्लाबारी घटनाः इन्सपेक्टरलाई कारबाही गर्न माग

मोरङ। जिल्लाकाे उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले इन्सपेक्टर उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन्।

बाँस्तोलाको हत्या भएको दावी गर्दै आन्दोलित आफन्तले इन्सपेक्टर पोखरेलले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।

मृतककी बहिनी सदीक्षा बाँस्तोलाले ‘न्याय मार्न खोज्ने व्यक्ति अझै उर्लाबारीमा कार्यरत रहेकाले असुरक्षाको अनुभूति भएको’ बताइन्।