‘बी’ डिभिजन लिगमा खुमलटार शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्दै

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज खुमलटार युथ क्लब र झम्सीखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

दिउँसो साढे ३ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको खुमलटार शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा रहेको छ भने नवौं स्थानमा रहेको झम्सीखेल पनि आठौं स्थानमा पुग्ने दाउमा छ।

लिगमा खुमलटार १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने झम्सीखेल ६ अंकसहित नवौं स्थानमा रहेको छ। यस्तै दिउँसो सवा १२ बजे ब्याइज युनियन क्लब र नयाँ बस्ती युवा क्लबबीचको खेल हुँदैछ।

ब्वाइज युनियन ११ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने नयाँ बस्ती पनि ११ अंकसहित नै पाँचौं स्थानमा रहेको छ।

नयाँ बस्तीले आजको खेल जितेमा स्थान सुधार गर्नेछ भने ब्वाइज युनियनले जितेमा अंक सुधार गर्नेछ ।